रत्ननगर, जेठ १३ । रत्ननगरको माधवपुरमा जारी दोश्रो माधवपुर गोल्डकपको चौथो खेलमा आज (मंगलबार) प्याराडाईज फुटबल क्लब सिसुवार र न्यू पञ्चदिप युवा क्लब सालघारी चितवन भिड्दै छन् ।
आज दिउँसो ४ बजे रत्ननगरको वडा नं. १५ स्थित माधवपुर खेल मैदानमा हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् ।
कुलदिप कार्कीको कप्तानीमा मैदानमा उत्रने पञ्चदिपबाट दुई जना विदेशी सहित सात जना ए डिभिजन लिग खेलिसकेका खेलाडी सहभागीहुने क्लबका अध्यक्ष राजु डंगोलले जानकारी दिए ।
त्यस्तै प्याराडाइजका तर्फबाट देव गुरुङको कप्तानीमा अन्डर १९ राष्ट्रिय टिमका ३ तीनजना खेलाडी सहित ए डिभिजन लिग खेलिसकेका ६ खेलाडी सहभागी हुनेछन् । सोमबार सम्पन्न खेलमा अभिषेक चर्चले बागमती पुलिस क्लबलाई ३-१ ले हराएको थियो ।
एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा बागमती पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च (रजहर), हेटौँडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब (रत्ननगर–१२) सहभागी छन्।








