आइत, असार ७, २०८३
Search
आइत, असार ७, २०८३

सौराहामा जेठ १७ गते दोहोरी साँझ हुँदै : इन्द्रेणीका कृष्ण कँडेल सहितका कलाकारको प्रस्तुती रहने

Share:
455

रत्ननगर, जेठ १२ । चितवनको पर्यटकीय नगरी सौराहामा यही जेठ १७ गते रत्नज्योति इन्द्रेणी दोहोरी साँझ हुने भएको छ ।

वडा नं २ टाँडी स्थित रत्नज्योति क्लवले आयोजना गरेको उक्त कार्यक्रममा इन्द्रेणीका कृष्ण कँडेल सहितका कलाकारहरुले दोहोरी प्रस्तुत गर्ने छन् ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त कार्यक्रम दिउसो २ बजेबाट सौराहा सभाहलमा सुरु हुने क्लवका अध्यक्ष रामबहादुर बर्तौलाले जानकारी दिए ।

असहाय बृद्घा र अपाङ्गता भएका व्यक्तिहरुको सहयोगार्ग कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष गोकुल पराजुलीले जानकारी दिए ।

सौराहाको पर्यटन विकास, संस्कृति संरक्षण र सौराहा सभाहलको प्रचारप्रसार गर्ने थप उद्देश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा ७ लाख ४० हजार खर्च हुने अनुमान गरिएको छ । तीन लाखको टिकट विक्री गर्ने लक्ष्य रहेकोमा अहिले सम्म दुइलाखको टिकट विक्री भएको छ । २ हजार, एक हजार, ५०० टिक शुल्क निर्धारण गरिएको छ ।

क्लवका सहसचिव महेन्द्र घिमिरेले क्लवले स्थापनाको छोटो समयमै राउटेलाई सहयोग, बृक्षारोपण, बृद्धबृद्धा सम्मान, तिज गीत, शिवालय मन्दिरमा महायज्ञ, देउसी भइलो, वडा नं २ को सहयोगमा व्यामिनेटन कोर्ड र सरसफाइ कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रमबाट बचत भएको रकम मानवीय सेवामा खर्च गर्ने गरि दोहोरी साँझ आयोजना गरिएको सचिव रामचन्द्र बजगाईले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।