बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिकाका १६ सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण

Share:
429

रत्ननगर, जेठ १२ । कालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई सोमबार स्मार्ट टिभी वितरण गरिएको छ ।

बहुअपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि काम गरिरहेको अटिजम केयर चितवन सोसाइटीद्वारा सञ्चालित समाबेशी शिक्षा परियोजनाले नगर भित्रका १६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण गरेको परियोजनाका संयोजक शुशील मगरले जानकारी दिए ।

उक्त काममा प्राविधिक सहयोग भने हेण्डिक्याप इन्टरनेशनलको रहेको छ । शिक्षालाई प्रविधिसंग जोडेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक विद्यालयलाई स्मार्ट टिभी प्रदान गरिएको उनले बताए ।

माध्यमिक विद्यालय रेडक्रसग्राममा आयोजिक एक औपचारिक कार्यक्रम कालिकाका मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, अटिजम केयर चितवन सोसाइटीका अध्यक्ष शनिलचन्द्र शर्मा, नगर शिक्षा अधिकृत चन्द्रा शर्मा, हेण्डिक्याप इन्टरनेशनलका टेक्निकल अफिसर वीरेन्द्रबहादुर थापाले विद्यालयका प्रधानाध्यापकहरुलाई स्मार्ट टिभी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर रेग्मीले कालिका नगरपालिका समावेशी शिक्षा सुरु गर्ने देशकै पहिलो स्थानीय तह रहेको बताए । पालिकाले आगामी वर्ष स्थानीय तहकै स्रोतबाट व्यवस्थापन गरेर भएपनि स्रोत कक्षालाई निरन्तरता दिने बताए । ‘स्रोत कक्षाको कारणले ओच्छ्यानमा सुतिरहेका बालबालिकाहरु हिँड्न सक्ने भएका छन्, उनले भने, ‘अलिअलि हिँड्ने बालबालिका दौडिन सक्ने भएका छन् । हामी स्रोत कक्षालाई निरन्तरता दिँदै अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि थप योजना समेत ल्याउने तयारीमा छौँ ।’

कालिका नगरपालिका भित्र ३६ जना बहुअपाङ्गता भएका बालबालिका भएको तथ्याङ्क रहेको छ । जसमा १५ जनालाई स्रोत कक्षमा राखेर शिक्षा दिइएको छ । महासंघले २१ जना बालबालिका जो विद्यालय आउन सक्दैनन् । उनीहरुलाई घरमै आधारित शिक्षा प्रदान गरिएको छ । घरमा आधारित शिक्षा भने अटिजम केयर सोसाइटी चितवनले सञ्चालन गरेको हो । त्यसका लागि ४ जना शिक्षकले काम गरिरहेका जनाइएको छ ।

भिमोदय नमुना मावि, पृथ्वी मावि, चर्तुमुखी मावि, मावि मजवाङ, मावि समीपुर, जनहित मावि, चित्राम आधारभूत विद्यालय, आधारभूत विद्यालय दौतेस, दक्षिणकाली आधारभूत विद्यालय बाङथला, आधारभूत विद्यालय रन्तेश, आधारभूत विद्यालय लोतन्ती, आधारभूत विद्यालय देउजर, आधारभूत विद्यालय सुपार, सिद्ध मावि भ्यूरान र आधारभूत विद्यालय लटौलीलाई स्मार्ट टिभी वितरण गरिएको हो

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।