बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

Share:
269

चितवन, जेठ १२ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो ।

अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा ठाकुरले काठमाडौँमा एक वर्ष अघि रोग पहिचान गरी ती महिलाले औषधिको सेवन गर्दै आउनुभएको जानकारी दिनुभयो ।

यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरेको उल्लेख गर्दै डा ठाकुरले भन्नुभयो, “यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने उहाँले बताउनुभयो । ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताउनुभयो । यो शल्यक्रिया जोखिमपूर्ण मानिन्छ ।

यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।”

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाइपमार्फत मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अङ्गलाई प्यारालाइज गर्दथ्यो ।” ‘मायस्थेनिया ग्राभिस’ का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा थापाको भनाइ छ । आधारभूत इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाइएको उहाँको भनाइ छ ।

यो रोगले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्षमुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ । डा ठाकुरले विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामी भेटिने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालका अध्यक्ष डा विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताउनुभयो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।