बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

दोस्रो माधवपुर गोल्डकप : आयोजक माधवपुर एपीएफसँग पराजित

Share:
418

रत्ननगर, जेठ ११ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरमा शनिबारदेखि सुरु भएको दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक माधवपुर पराजीत भएको छ । आइतबार भएको दोस्रो खेलमा आयोजक माधवपुर खेलकुद विकास समिति सशस्त्र प्रहरी बल (एपीएफ) सँग ४–० को गोलअन्तरले पराजित भएको छ। एपीएफले खेलमा उत्कृष्ठ प्रदर्शन प्रदर्शन गर्दै सहज जित हासिल गरेको हो।

खेलको ११औँ मिनेटमा सविन गुरुङले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए। त्यसपछि १६औँ मिनेटमा अनिश महर्जनले गोल थप्दै स्कोर २–० बनाए। पहिलो हाफको अन्तिम मिनेटमा विज्ञान चौधरीले तेस्रो गोल गरेपछि एपीएफ ३–० ले अगाडि रह्यो। आयोजक टिमले पहिलो र दोस्रो हाफमा केही सुनौला अवसर सिर्जना गरे पनि गोल गर्न असफल भयो। दोस्रो हाफको २१औँ मिनेटमा सविन गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ४–० को जित सुनिश्चित गरे। खेलको ‘म्यान अफ द म्याच’ एपीएफका अनिश महर्जन घोषित भए। आयोजकका अनुसार भोलि सोमबार अभिषेक चर्च र बागमती पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा आयोजित यस प्रतियोगितामा बागमती पुलिस क्लब (हेटौँडा), सशस्त्र प्रहरी बल (एपीएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च (रजहर), हेटौँडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब (रत्ननगर–१२) सहभागी छन्।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ। जेठ १८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन शनिबार बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद शिलवालले गरेका थिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।