बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

हरेक शनिवार चरा अवलोकन गराउँदै ‘वर्ड एजुकेशन सोसाईटी’

Share:
477

रत्ननगर, जेठ १० । वर्ड एजुकेशन सोसाईटी चितवनले चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ, चराको अवस्था, प्रजाति पत्ता लगाउने उद्धेश्यले हरेक शनिवार फरक फरक स्थानमा चरा अवलोकन गराउदै आएको छ । चितवनका विभिन्न विद्यालयहरुमा पुगि सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको हो ।

त्यसैलाई निरन्तरता दिदै आज (शनिवार) रत्ननगर-७ मा रहेको ग्रीन सोसाइटी पव्लिकल स्कुल र राप्ती नगरपालिकाको भण्डारामा रहेको साग्रीला ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई सौराहाको डुङ्गा घाटदेखि हात्तीसारसम्म चरा अबलोकन गराएको छ । विद्यार्थीहरुलाई दुरबिनको सहायताले चरा अबलोकन गर्ने व्यवस्था सोसाईटीले मिलाएको थियो ।

जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तार लगायतका कारणले वर्षौंदेखि नेपाललाई घर बनाइरहेका जीवजन्तुलाई बाँच्न चुनौती थपिएको छ सोसाईटीका पूर्व अध्यक्ष टेक वहादुर गुरूङले बताए । उनले भने, “सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेका र घासेमैदान र वनमा आधारित चराहरूलाई संकट बढ्दो क्रममा छ, कृषि बालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनलगायतका कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको छ ।” “समयमै उचित र ठोस प्रयास नगरेमा नेपालले गर्व गर्ने यी प्रजातिहरू लोप हुन सक्ने देखिन्छ ।”

सोसाईटीका सदस्य तथा ग्रीन सोसाइटी स्कुलका म्यानेजमेन्ट डाईरेक्टर शीरलाल परियारले कृषि खेतीको विस्तार, जंगली आगो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वन विनाश, आक्रमणकारी प्रजातिलगायतका कारण यति ठूलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको बताए । यो संकटका लागि मुख्य रूपमा मानवीय क्रियाकलाप र जलवायु परिवर्तन मुख्य जिम्मेवार रहेको उनको भनाईछ ।

उनले भने, “हाम्रो जीवन, संस्कृति तथा पृथ्वीको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेका चराहरूको संरक्षणमा हाम्रो यथेष्ट ध्यान पुग्न जरुरी छ ।” विश्वको पारिस्थितिकीय प्रणालीमा पराग कण संवाहक, बिउविजन फैलाउने, सिनो खाएर वातावरण सफा राख्ने तथा इकोसिस्टम इन्जिनियरका रूपमा चराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन् । लामो दूरीसम्म यात्रा गर्ने भएकाले एकापसमा लामो दूरीमा रहेका पारिस्थितिकीय प्रणालीको अन्तर्सम्बन्ध राख्न, अन्य जीव तथा पोषक तत्त्वको प्रसारण गर्न चराहरूको महत्त्वपूर्ण भूमिका छ ।

“चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ जनचेतना फैलाउन विद्यार्थी र चरा अबलोकन गर्न मनपराउने पारखिहरुलाई प्रत्यक शनिवार छुट्टा छुट्टै सथानमा चरा अवलोकन गराउने गरेका हौं उनले भने  ।”

विद्यार्थीहरूलाई चरा संरक्षण गर्नुपर्छ सम्बन्धी ज्ञान दिन चरा अबलोकन गराईएको साग्रीला ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलका प्राधानाध्यापक गोकुल सिलवालले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।