शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
341

काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ७९ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपियाँ ८१ पैसा र बिक्रीदर १८३ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ०५ पैसा र बिक्रीदर १६४ रुपियाँ ७७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७१ पैसा र बिक्रीदर ८८ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ०५ पैसा र बिक्रीदर ९८ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ५० पैसा र बिक्रीदर १०५ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १४ पैसा र बिक्रीदर चार रुपियाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ८० पैसा र बिक्रीदर ३१ रुपियाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९ रुपियाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १४ पैसा र बिक्रीदर १४ रुपियाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ६२ पैसा र बिक्रीदर २० रुपियाँ ७१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ २५ पैसा र बिक्रीदर ४४७ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपियाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ १४ पैसा र बिक्रीदर ३५६ रुपियाँ ७० पैसा रहेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।