आइत, असार ७, २०८३
Search
आइत, असार ७, २०८३

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

Share:
254

काठमाडौँ, ६ जेठ । कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारका क्रममा निजको मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको अभियोगमा रामेछाप, सुनापतीका प्रविण तामाङ, सर्लाही, बागमतीका समीर वाइबा तामाङ र अभिसेक बाइवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावतीका दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक, चाँैरी देउरालीका अनुराग तामाङ पक्राउ परेका छन् । पक्राउ परेकाहरूको प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।