सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

Share:
172

सुनसरी, ६ वैशाख । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ ।

स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

बाह्र लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ

सुनसरीको बर्जु गाउँपालिकामा रहेको इष्टर्न सुगर मिल्सले एक वर्षमा १२ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको छ ।

चालु आर्थिक वर्षमा बीउबाहेक १२ लाख ८० हजार ६३८ दशमलव ४९ क्विन्टल उखु क्रसिङ भएको महाप्रबन्धक पवनकुमार झाले जानकारी दिनुभयो । सबैभन्दा बढी बर्जु गाउँपालिकाबाट आएको उखु क्रसिङ भएको छ भने सबैभन्दा कम रामधुनी नगरपालिकाबाट भएको उहाँले बताउनुभयो ।

बर्जु गाउँपालिकाबाट छ लाख ६९ हजार ५८७ दशमलव पाँच र रामधुनी नगरपालिकाबाट एक हजार १० दशमलव ३३ क्विन्टल उखु क्रसिङ भएको झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा चार हजार ६९३ दशमलव ७१ बिघामा उखुखेती हुँदै आएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।