बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

राप्रपा रत्ननगर नगर समितिको अध्यक्षमा सन्तोष लामा विजयी

Share:
488

रत्ननगर, जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर समितिको अध्यक्ष पदका लागि शनिबार सम्पन्न निर्वाचनमा सन्तोष लामा दुई मतको झिनो अन्तरले विजयी भएका छन् ।

कुल २३५ मतदातामध्ये १९३ मत खसेको उक्त निर्वाचनमा लामाले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिशरण भट्टराईले ९० मत पाए । १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदान प्रक्रिया निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको राप्रपाले बताएको छ । सुरूमा पाँच जना उमेदवारले मनोनयन दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि लामा र भट्टराईबीच कडा प्रतिस्पर्धा भएको थियो । मतगणना सम्पन्न भएसँगै शनिबार नै नतिजा घोषणा गरिएको हो ।

सन्तोष लामा युवा पुस्तामाझ लोकप्रिय र गतिशील नेताका रूपमा चिनिन्छन् । उनले पार्टीको आधुनिकीकरण र युवा सहभागिता वृद्धिमा जोड दिँदै आएका छन् । उनको जितले राप्रपाको स्थानीय संगठनमा नयाँ ऊर्जा र परिवर्तनको अपेक्षा गरिएको छ ।

यो निर्वाचनले राप्रपाको रत्ननगर नगर समितिको आगामी नेतृत्व र दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष लामाले अन्य पदाधिकारीहरू मनोनित गर्नेछन्, जसले नगर समितिको कार्यदिशालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।