बिहि, बैशाख १७, २०८३
Search
बिहि, बैशाख १७, २०८३

कम्बोडियाका लागि नेपाली राजदूत ओलीबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

Share:
167

कम्बोडिया, माघ २५ । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नरेश नरोदम सिहामोनीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बिहीबार न्होमपेनस्थित राजदरबारमा आयोजित विशेष समारोहमा ओलीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे ।

बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे ।

उनले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थिति थियो । रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।