शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिका- १ मा सासू– बुहारी अन्तरक्रिया कार्यक्रम

Share:
94

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले सासू बुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यले कालिका वडा नं. १ मा दुई दिने सासू बुहारी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले गरेको उक्त कार्यक्रममा सासू र बुहारी गरि ५५ जना सहभागी भएका थिए ।

समाजमा सासू बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो । नगरपालिकाले प्रत्येक वडामा सासु र बुहारीलाई सँगै राखेर अन्तक्र्रिया गर्ने लक्ष्य रहेको र यसअघि वडा नं ८, ६ र २ मा सासू र बुहारीबीच अन्तक्र्रिया भएको उहाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सासू बुहारीबीचको सम्बन्ध सधै सुमधुर बनाउने र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सासू बुहारीलाई सँगै राखेर सासूको भावना बुहारीको भावना, सासू र बुहारीले गर्नुपर्ने कर्तव्य के हो भनेर हामीले उहाँहरुको बीचमा समन्वय गरेका हौँ ।’

सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको ढकालको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले एकले अर्कालाई नबुझ्दा परिवारमा झै झगडा हुने भएकाले सासू र बुहारीबीचको सम्बन्ध सधैँ सुमधुर बनाउन र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

सासूको लागि बुहारी छोरी सरह र बुहारीको लागि सासू आमा सरह रहेकाले सासू र बुहारी मिलेमा घर सुन्दर र सुखि हुने उहाँको भनाईछ ।

उहाले भन्नुभयो, “सासू र बुहारी भनेको नङ र मासुको जस्तै सम्बन्ध हो, दुबै जना मिलेर बसेमा परिवारमा कलह कहिल्यै हुँदैन । एक अर्काको सम्मान गरौ, सुखि कालिका र समृद्ध कालिका निर्माणमा जुटौ ।”

कालिका वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङदानले महिला– महिलामा द्वन्द भएका कारण घर परिवारमा कलह भई कतिपयको परिवार फुटको संघारमा पुग्ने गरेको बताउनुभयो ।

बाहिरी रूपमा समाजमा सासू र बुहारी मिलेर बसेको देखिएता पनि उहाँहरूको परिपारमा सधै कलह भईरहेको हुनाले यो सासू– बुहारी अन्तक्र्रिया कार्यक्रम वडामा लिएर आएको वडा अध्यक्ष स्याङदानले बताउनुभयो ।

कालिका वडा नं. १ का वडा अध्यक्ष स्याङदानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख विमला तामाङ, योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, वडा सदस्य जीवन लामा, सरस्वती खत्री, लक्ष्मी परियार लगाएतको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।