शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिका-४ मा पाँचदिने मकैको सिलाम बनाउने तालिम सुरू

Share:
134

रत्ननगर, माघ २० । चितवनको कालिका नगरपालिका वडा नं–४ ले मकैको सिलाम बनाउने तालिम दिँदै आम्दानी लिने लक्ष्यका साथ पाँचदिने तालिम सुरू गरेको छ ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादन एवम् मकैको उपयोगिता बढाउने उद्देश्यले वडाभित्र सो तालिम सुरू गरिएको वडाध्यक्ष मकरमान श्रेष्ठले बताए ।

मकै गाईवस्तुलाई खुवाउनमात्र उपयोग भइरहेको र पछिल्लोपटक मानिसहरुले पनि विभिन्न परिकार बनाउँदै आकर्षण र उपयोगिता बढिरहेको समयमा मकैको सिलाम बनाउने तालिमले मकैको उपयोगिता र आम्दानीको स्रोतसमेत पहिचान भएको नगरप्रमुख विनोद रेग्मी बताए ।

तालिममा उपप्रमुख बिमला तामाङ, वडा न–२ का अध्यक्ष लक्ष्मण पौडेल, वडा सदस्यहरु, नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।