शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिका–२ मा सासुबुहारी बिचको सम्बन्ध सुमधुर बनाउन अन्र्तक्रिया

Share:
121

रत्ननगर, माघ २० । कालिका नगरपालिका वडा नं–२ ले सासुबुहारी अन्तर्क्रिया कार्यक्रम गरेको छ । आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन हुने अन्तक्र्रिया कार्यक्रम सासुबुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ गरिएको हो । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको कार्यक्रममा वडाभित्रका सासूबुहारी सहभागी भएका थिए ।

समाजमा सासु र बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल दुवाडीले बताइन् । नगरपालिकाले प्रत्येक वडामा सासु र बुहारीलाई सँगै राखेर अन्तर्क्रिया गर्ने लक्ष्य रहेको र यसअघि वडा नं–८ र ६ मा सासु र बुहारीबीच अन्तक्र्रिया भएको उनले बताइन् ।

कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख विनोद रेग्मीका अनुसार अहिले प्रत्येक वडामा गएर सासु र बुहारीलाई सँगै राखेर छलफल गर्ने गरिएको छ । एकले अर्कालाई नबुझ्दा झगडा हुने भएकाले सासुबुहारीबीचको सम्बन्ध सधैँ सुमधुर बनाउन र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको नगरप्रमुख रेग्मीले बताए ।

सासु र बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसा हुने भएकाले यसलाई कम गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको उनले बताए । साथै, नगरका सबै वडामा पुगेर सासु र बुहारीलाई सँगै राखेर अन्तर्क्रिया गर्ने नगरप्रमुख रेग्मीले बताए ।

यस्तै, सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको नगर उपप्रमुख बिमला तामाङले बताइन् ।

अन्तर्क्रियामा वडा नं–२ का वडाध्यक्ष लक्ष्मण पौडेल, वडा सदस्यहरु, नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले मन्तव्य राखेका थिए । अन्तक्र्रियामा अधिवक्ता प्रियंका थापाले सहभागीलाई हालको ऐन, कानुन र नियमका बारेमा प्रशिक्षण दिएकी थिइन् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।