शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन

Share:
42

कालिका, माघ १२ । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।

प्रदेशिक रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । सो अबसरमा मेयर रेग्मीले रक्तदान मानवीय सेवाको उच्चतम कार्यभएको भन्दै सामाजिक कामका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए ।

संघका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम घिमिरेले निर्माण व्यवसायीले भवन मात्र निर्माण नगरी सामाजिक काममा समेत अग्रसर रहेको बताए । व्यवसायी र मजदुरको अधिकारीका क्षेत्रमा काम गर्न स्थापना भएको संघले सामाजिक काममा समेत योगदान गर्दै आएको उनको भनाई छ ।

संघका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, वडासदस्य लक्ष्मीनारायण चौलागाईँ, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता वाग्ले, सुरक्षित साकोसका अध्यक्ष लालुप्रसाद दाहाल, संघका निर्वतमान अध्यक्ष हेमप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम कार्यालय सचिव जनजीवन शर्माले सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।