आदरणीय नगरप्रमुख विनोद रेग्मीज्यू नमस्कार !
सर्वप्रथम नयाँ वर्ष -२०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
नेपालको संविधान -२०७२ मा शिक्षा अर्थात् कक्षा बाल विकास देखि कक्षा १२ सम्म सञ्चालनको पूर्ण जिम्मेवारी तथा अधिकार स्थानीय तहलाई प्रदान गरेको छ।
तसर्थ संघीय ऐनलाई बाधा नपुऱ्याई तपशिल बमोजिम आफ्नो स्थानीय तहमा शिक्षा सुधारको लागि कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन तथा अनुमती प्रदान गर्न अनुरोधको साथमा सुझाव व्यक्त गर्दछु ।
अन्यथा लागेमा अनुमती नदिन पनि सक्नुहुन्छ ।
आदरणीय नगरप्रमुख ज्यू
शैक्षिक सत्र-२०८२ को अन्त अर्थात वार्षिक परीक्षा २०८२/१२/१० देखि शुरू भएर २०८२/१२/१८ गते सकिएको थियो।
हाल विद्यार्थीहरु घरमै छन्। गत वर्षहरूमा नयाँ शैक्षिक सत्रको शुरुवात बैशाख महिनाको २ गते भर्ना अभियान , घर दैलो कार्यक्रम गरेर करिव १० -१५ गतेबाट पठनपाठन हुने गरेकोमा यो वर्ष अर्थात शैक्षिक सत्र २०८३ मा भर्ना अभियान कार्यक्रम बैशाख -१५ देखि गरी बैशाख -२२ गतेबाट सुरु गर्ने नेपाल सरकारको निर्णय भएको छ । म यसको समर्थन गर्दछु। सबै प्रक्रियाहरु अर्थात शैक्षिक कार्यक्रम कार्यसूची अनुसार नै गरौंला तर कार्यसूची भन्दा बाहिर रहेर बैशाख ७ गते देखि सबैलाई त भन्ने मेरो अधिकार छैन तर कालिका नगरपालिका वडा नं १ मा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालय शमीपुरले विद्यालय संचालन गरी केही कार्यक्रम सञ्चालन गर्ने तयारी यसरी गरेको छ । अनुमती भएमा मात्र
१) शैक्षिक सत्र शुरू – २०८३/०१/०७ गते देखि
२) नवआगुन्तक विद्यार्थी तथा नयाँ कक्षामा पढ्ने विद्यार्थीहरूलाई परिचय तथा स्वागत गर्ने
३) कक्षा वालविकास देखि कक्षा १० सम्म कक्षा कोठा सरसफाइ तथा सजावट गर्ने
४) हस्तलेखन तालिम सञ्चालन गर्ने
५) सदन विभाजन गर्ने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
६) स्काउट, रेडक्रस, वालक्लव, ग्रिन आर्मी जस्ता विभिन्न प्रकारका क्लवहरू गठन गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
७) प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जस्तै: नृत्य, गायन, चित्रकला आदि
८) विद्यालयलाई हरियाली र फूलवारी निर्माण गर्ने
९) नमूना निर्वाचन गरी विद्यार्थीहरुलाई लोकतन्त्र , गणतन्त्रको बारेमा जानकारी प्रदान गर्ने
१०) बार्षिक शैक्षिक योजना विद्यार्थी संग छलफल गरी निर्माण गर्ने
११) विद्यार्थीहरूका लागि आधारभूत स्वास्थ्य परीक्षण गर्ने
१२) विद्यालय सुधार योजना निर्माणको लागि सरोकारवालाहरू मध्य बालवालिकाहरु एक महत्वपूर्ण अंग रहेकोले उनीहरुसंग छलफल गर्ने र निर्माण गर्ने
१३) बाल परामर्श दाताहरुबाट प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने
१४) अनुशासनको बारेमा विद्यालय आचार संहिता विद्यार्थीहरुलाई नै निर्माण गर्न लगाउने
१५) विपद् व्यवस्थापनको पूर्वतयारी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
यो खेर गएको समयमा यति कार्यक्रम गरियो भने शैक्षिक सत्र शुरु गर्न ढिला र हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएकोमा पनि शैक्षिक क्षतीलाई कम गराउन सकिने भएकोले मिल्छ भने शैक्षिक सत्र -२०८३/०१/०७ गते देखि बरु विद्यालय पोशाक नलगाई संचालन गर्न अनुमती दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
धर्मेन्द्र जंग रायमाझी
प्रधानाध्यापक
९८५५०६६२४७
श्री राष्ट्रिय माध्यामिक विद्यालय शमीपुर
कालिका नगरपालिका -१ सूर्यपुर ,चितवन
पत्र लेखिएको समय विहान ३.४५ बजे








