शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

चितवनका ७ पालिकामा कार्यसम्पादन मूल्याङ्कन: रत्ननगर नगरपालिका प्रथम

Share:
215

चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा चितवनका सात पालिकामध्ये रत्ननगर नगरपालिका ७६.२२ अंक सहित प्रथम स्थानमा परेको छ। तेस्तै क्रमश ७४.३२ अंक सहितदोस्रो इच्छाकामना गाउपालिका ६८.०२ अंक सहित तेस्रो भरतपुर महानगर ६७.१० अंक सहित चौथो माडी नगरपालिका ६५.०९ अंक सहित पाचौं खैरहनी नगरपालिका ६४.५० अंक सहित छैटौं कालिका नगरपालिका र ३६.२० अंक सहित सातौ मा राप्ती नगरपालिका रहेको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत आयोगले प्रदेश सरकार तथा स्थानीय तहको कार्यसम्पादन को १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो।
यसअघि मिति २०८२ साल माघ २९ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामाथि परेका पुनरावलोकन निवेदनहरूलाई सम्बोधन गर्दै आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ। सो अन्तिम नतिजा अनुसार रत्ननगर नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको हो।
कार्यसम्पादनमा आधारित यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।