शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

रत्ननगरमा दुर्व्यसन रहित समाज निर्माण तथा तनाव व्यवस्थापनसम्बन्धी प्रवोधिकरण

Share:
144

रत्ननगर, १५ चैत्र । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति चितवनले रत्ननगरमा ‘दुर्व्यसन रहित समाज निर्माण तथा तनाव व्यवस्थापन’ सम्बन्धी प्रवोधिकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए । रत्ननगरस्थित न्यू क्यापिटल कलेजमा आयोजित उक्त कार्यक्रममा मानव सेवा आश्रमका रामजी अधिकारीले सहजीकरण गर्दै युवाहरूलाई दुर्व्यसनबाट टाढा रहन, सेवामुखी बन्न र दैनिक जीवनमा आउने तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न व्यावहारिक सुझाव तथा प्रेरणादायी प्रशिक्षण दिए ।

कार्यक्रमको उद्देश्य चितवन जिल्लामा युवाहरूमा दुर्व्यसन नियन्त्रण, सामाजिक सचेतना र सेवाभावी सोचको विकास गर्न योगदान पुर्‍याउने रहेको परिषद्का जिल्ला अध्यक्ष श्याम पोखरेलले बताए । उनले श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै युवाहरूलाई नेतृत्व विकास, सेवा र सामाजिक जिम्मेवारीमा सक्रिय बनाउने लक्ष्य राखेको जानकारी दिए ।

कार्यक्रममा उद्यमशील महिला संजाल रत्ननगर, रत्ननगर एकल महिला समन्वय समिति, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवन, वडास्तरीय महिला उत्थान समन्वय समूह रत्ननगर, रत्नप्रिय क्लब रत्ननगर र ब्लड डोनर्स सोसाइटी नेपाल रत्ननगरको सहकार्य रहेको थियो ।

कार्यक्रममा रत्ननगर वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरी, इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सुवास भट्ट, परिषद्का केन्द्रीय महासचिव दीपक कार्की, महिला तथा ज्येष्ठ नागरिक शाखा रत्ननगर प्रमुख दीपा घिमिरे, न्यू क्यापिटल कलेजका क्याम्पस प्रमुख भूपेन्द्र धिताल लगायतको उपस्थिति थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।