शुक्र, असार ५, २०८३
Search
शुक्र, असार ५, २०८३

आज २०८२ साल असार २५ गते बुधबारको राशिफल

Share:
343

आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। राजनीतिमा महत्त्वपूर्ण नियुक्ति हुने योग छ। बौद्धिक क्षेत्रको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेशमा गरेको मिहिनेतबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीले साथी प्रभावित हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा भने विवाद बढ्नेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति हुनेछ। परिवारको साथमा घुमघाम तय हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

कर्कट : सञ्चित धन खर्च हुने दिन छ। दिन सामान्य भएकाले आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। फलामको व्यापारमा फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नभए पनि परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हिम्मत गर्नु उचित हुन्छ। समस्या भएमा आफूभन्दा ठुलो व्यक्तिसँग राख्नु उचित हुन्छ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ। साथीभाइको तर्फबाट बाधा र अड्चनको सामना गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको कुरा सुन्न नसक्दा समस्या हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। सहकार्यबाट नाफा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो भेटघाट हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा दुःख बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजा सकारात्मक आए पनि थप मिहिनेत गर्नुपर्ने छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने जोखिम छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला।

मीन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बोल्दा सचेत बन्नुपर्ने छ। साथीसँग जोगिएर काम गर्नुपर्नेछ। साथीसँग बोल्दा तीन पटक सोच्नु उचित हुन्छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।