रत्ननगर, असार २२ । साैराहा स्थित सपना भिलेज सोसियल ईम्प्याक्टले कालिका नगरपालिका वडा नं. ६ भरिका ७६ घरधुरीलाई आइतवार सुधारिएको चुलो वितरण गरेको छ ।
कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, कालिका- ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरुले संयुक्त रुपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले सपना भिलेजले कालिकाका नगरपालिकासंग विभिन्न सहकार्यहरु गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्राप्त गर्ने वडाबासिहरुलाई पाएको सुधारिएको चुलोको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष टिकाराम रेग्मीले सुधारिएको चुलो मावनको स्वास्थ्य देखि वातावरण सुद्धता राख्न मद्धत गर्ने भएकाले वडाबासिलाई चुलो बितरण गरिएको बताउनुभयो । सुधारिएको चुलोको प्रयोगले दाउरा कम प्रयोग हुँने भएकाले केही मात्रामा वन जंगल जोगिने बताउनुभयो ।
सपना भिलेज सोसियल ईम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने भएकाले थोरै रमक लिएर वडाबासिहरुलाई सुधारिएको चुलो वितरण गरिरहेकाे जानकारी दिनुभयो ।
रत्ननगर-८ चित्रसारीमा चुलो निर्माण गर्ने उद्योग सञ्चालन गरेको उहाँको भनाईछ । रु २५ सय पर्ने यो चुलो वडाबासिहरुलाई न्यूनतम शुल्क लिएर बितरण गरेको बताउनुभयो । यस चुलोबाट ७५ देख ८० प्रतिशत सम्म धुवा कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी नारायण चाैलागाई, सम्झना परियार, लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै, सपना भिलेजले आजै आइतवार कालिका- ४ समेत सुधारिएको चुलो वितरण गरेकाे छ । यो सँगै सपना भिलेजले इच्छाकामना र रत्ननगर र कालिकाका विपन्न समुदायलाई सुधारिएकाे चुलो वितरण गर्दैआईरहेकाे छ ।









