बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

रत्ननगर- १५ मा पहिलो पटक वडा स्तरको सार्वजनिक सुनुवाई

Share:
690

रत्ननगर, असार २० । रत्ननगर नगरपालिका वडा नं. १५ ले रत्ननगर मै पहिलो पटक वडा स्तरको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी ऐतिहासिक कीर्तिमान राखेको छ। जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद कायम गर्दै विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमबारे सार्वजनिक धारणा बुझ्न आयोजना गरिएको कार्यक्रममा वडावासीले आफ्नो धारणा राखेका छन्।

कार्यक्रममा सहभागी अधिकांश सेवाग्राहीले वडा कार्यालयले प्रदान गरेको सेवा र जनमुखी कार्यक्रमको खुलेर प्रशंसा गरे। साथै विकास निर्माण र सुधार गर्नुपर्ने विषयहरूमा समेत सुझाव राखे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। नेपाली कांग्रेसका उपसभापति केशवबाबु घिमिरेले सार्वजनिक सुनुवाइ गर्नु नै लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण कदम भएको बताए। नेकपा एमालेका अध्यक्ष कृष्ण पन्तले वडा नं. १५ को विकास र समृद्धिका लागि भइरहेको प्रयत्नको उच्च मूल्याङ्कन गरे।

त्यस्तै, माओवादी केन्द्रका वडा अध्यक्ष देवीप्रसाद बस्ताकोटीले वडाले गरेको ऐतिहासिक कदमको प्रशंसा गरे भने रास्वपा सभापति हरिप्रसाद सिलवालले उपभोक्ता समिति गठन गर्दा राजनैतिक आस्था हेरिएको आरोप लगाए। साथै सूचना प्रवाहमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। राप्रपाका वडा अध्यक्ष प्रितम पाण्डे लगायतका नेताहरूले पनि मन्तव्य राखे।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाहरूले समयमा कुलो निर्माण सम्पन्न नभएको, सुत्केरी तथा गर्भवती पोषण कार्यक्रममा सहभागिता न्यून रहेको, एम्बुलेन्सको व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन लगायतका विषयमा प्रश्न उठाए।

सोधिएका प्रश्नहरूको वडाध्यक्ष आसिक तामाङ, स्वास्थ्य केन्द्र प्रमुख रोजिना गिरी, पिठुवा सिँचाईका सचिव मदन भुजेल लगायतले जवाफ दिएका थिए। उनीहरूले वडा कार्यालयले कुनै पूर्वाग्रह नराखी बजेटको दायराभित्र रहेर नगरवासीका सरोकारका विषय समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पूर्वजनप्रतिनिधी र व्यावसायिक पशुपालक कृषक चेतप्रसाद ढकाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा वडा सदस्य ईम प्रसाद पन्तले वडाको प्रतिवेदन पेश गरे भने वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखे। कार्यक्रममा वडा सचिव नवराज तिवारी, कम्प्युटर अपरेटर शक्ति बुढाथोकी, विभिन्न दलका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उज्यालो नेपाल एड्भर्टाइजिङ एन्ड ब्रोडकास्टिङ प्रा.लि.को संयोजनमा आयोजित कार्यक्रमको सहजीकरण रामकान्त पौडेलले गरेका थिए।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।