बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

इच्छाकामनाकाे विकट बस्तीमा कफी खेतीका लागि विरुवा वितरण

Share:
305

रत्ननगर, असार १८ । चितवनको इच्छाकामना गाउँपालिकाको विकट पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ सहित विपन्न समुदायको आयआर्जनको लागि कफीको विरुवा वितरण गरिएको छ ।

सपना भिलेज सोसियल इम्प्याम्टले इच्छाकामना गाउँपालिका–१ मा व्यवसायिक कर्फी खेतीका लागि विरुवा वितरण गरेको हो ।

विकट पहाडी क्षेत्रमा ६ हजार ५०० विरुवा वितरण गर्ने योजना अनुरुप बुधबार एक हजार ५०० विरुवा वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

व्यवसायिक कफी खेतीका लागि प्रति किसान १० देखि २०० वटा विरुवा सम्म लगेका छन् ।

चेपाङ सहित विपन्न विकटका विपन्न समुदायलाई कफी खेती तर्फ आर्कषित गर्न सपना भिलेजले दुई बर्ष अघि उक्त स्थानमा कफी नर्सरी सुरु गरेको थियो ।

समुन्द्र सतहदेखि १,६५० मिटरको उचाइमा अवस्थित सो पालिका वडा नं १ को भूभाग कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको भन्दै अध्यक्ष गिरीले कफी प्रायः ८५० मिटरभन्दा माथिको उचाइमा भौगोलिक स्थिति उच्च गुणस्तरीय कफी उत्पादनका लागि अनुकूल रहेको बताए ।

कर्फी नर्सरी निर्माण गरी विरुवा उत्पादन गरेर किसानहरूलाई कफीका बिरुवाहरू वितरण गर्न सफल भएको भन्दै उनले विकटका बासिन्दालाई कर्फी खेती तर्फ आर्कषित गर्न सक्ने महत्वपूर्ण उपलब्धि भएको बताए ।

सपना भिलेजले कफी खेतीका लागि कफी खेती गर्ने तरिका, प्रशोधन प्रक्रिया र दिगो कृषि अभ्यास सम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

उक्त तालिमबाट किसानहरुले व्यावसायिक ज्ञान, सीप र आत्मविश्वास बढाउन छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा कफीको बढ्दो माग रहेकाले बाताबरण संरक्षणसंगै कफीखेती मार्फत विपन्न समुदायको जीवन स्तर उकास्ने योजना रहेको सपना भिलेजका अध्यक्ष गिरीले बताए ।

कफी खेतीले स्थानीय समुदायलाई सशक्त बनाउने, पर्यावरणमैत्री कृषि प्रणालीलाई प्रवद्र्धन गर्ने र यस क्षेत्रका लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने गिरीको भनाई छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।