बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

लायन्स क्लब अफ चितवन कालिकाको अध्यक्षमा लामीछाने

Share:
1186

रत्ननगर, असार १८ । लायन्स क्लब अफ चितवन कालिकाको अध्यक्षमा अमृत लामीछाने चयन भएका छन् । क्लबको हालै सम्पन्न अधिवेशनले लामीछानेको नेतृत्वमा २०२५/०२६ का लागि नयाँ समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा लायन महादेव प्रसाद हुमागाई, द्वितीय उपाध्यक्षमा लायन ईश्वर भट्टराई, तृतीय उपाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ, सचिवमा लायन झलक भट्ट, कोषध्यक्षमा लायन लालु प्रसाद दाहाल चयन भएका छन् ।

क्लबको एक समारोहबीच मंगलवार पदहस्तान्तरण सम्पन्न भएको छ । क्लवका संस्थापक अध्यक्ष तथा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा तथा वर्ष २०२४/०२५ का अध्यक्ष लायन हरि कुमार श्रेष्ठले वर्ष २०२५/०२६ का अध्यक्ष लामीछानेलाई पद हस्तान्तरण गरेका हुन् ।

सो समारोहमा क्लबका संस्थापक अध्यक्ष तथा कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीले क्लबलाई सामाजिक सेवामा थप क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए । लायन्स सदस्यहरुको संख्या बढाउँदै जानुपर्ने उनले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।