शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
296

काठमाडौं, असार ४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ६९ पैसा र बिक्रीदर १३८ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २९ पैसा र बिक्रीदर १५९ रुपियाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७५ पैसा र बिक्रीदर १८७ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४६ पैसा र बिक्रीदर १७० रुपियाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ०२ पैसा र बिक्रीदर ९० रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५२ पैसा र बिक्रीदर १०१ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४३ पैसा र बिक्रीदर ३२ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५७ पैसा र बिक्रीदर १४ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३६ पैसा र बिक्रीदर २१ रुपियाँ ४५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ८२ पैसा र बिक्रीदर ४५१ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ १८ पैसा र बिक्रीदर ३६६ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ६१ पैसा र विक्रीदर ३५९ रुपियाँ १७ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।