बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

खोरसोरको ‘बब ताल’ वरिपरी नयाँ प्रजातिका चरा खोज्दै पंक्षीप्रेमी

Share:
374

रत्ननगर, जेठ २४ । चितवनको सौराहामा रहेको बर्ड एजुकेसन सोसाईटीले आफ्नो शनिबारको नियमित पंक्षी अवलोकन तथा सिकाई कार्यक्रम अन्र्तगत आज (शनिबारको) दिन खोरसोरमा रहेको ‘बब ताल’ वरिपरी चरा अवलोकन तथा तथ्यांक संकलन कार्य गरेको छ ।

शनिबार बिहानै देखि सुरुभएको अवलोकन कार्यक्रममा चितवनका पुतली विद एवं बर्ड एजुकेसन सोसाईटी चितवनका पूर्व अध्यक्ष टेक बहादुर गुरूङ, सोसाईटीका सचिव प्रकाश चापागाईं, कोषाध्यक्ष चन्द्रमणी गौली, सदस्यहरू रामकृष्ण महतो, सुदेश तामाङ, नवीन चौधरी, उमेश दहाल, राजाराम खनाल लगाएतले चरा अबलोकन गरेका थिए ।

सो क्रममा अन्य जैविक विविधताको अवलोकन गर्दै Grey Headed Fish Eagle, Western Hooded Pitta, Golden Fronted Leafbird, Lesser Adjutant लगाएत ६३ भन्दा बढी प्रजातिका पंक्षीहरूको रेकर्ड गरिएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए ।

वर्ड एजुकेशन सोसाईटी चितवनले चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ, चराको अवस्था, प्रजाति पत्ता लगाउने उद्धेश्यले हरेक शनिवार फरक फरक स्थानमा चरा अवलोकन गराउदै आएको छ । चितवनका विभिन्न विद्यालयहरुमा पुगि सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको परियारले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।