बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

ग्रीन सोसाईटी पब्लिक स्कुलमा नमुना मतदान

Share:
562

रत्ननगर, जेठ २३ । चितवनको रत्ननगर- ७ मा रहेका ग्रीन सोसाईटी पब्लिक स्कुलमा प्रजातान्त्रीक प्रक्रियाद्वारा विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गरेका छन् ।

विद्यालयले निर्वाचन तथा सुपरिवेक्षण समिति गठन गरी मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दावी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रचार प्रसार समय र मौन अवधि, मतदान समय समेत गरि एक हप्ताको निर्वाचन तलिका प्रकाशन गरे अनुसार शुक्रवार नमुना मतदान भएको हो ।

प्रमुख निर्वाचन अधिकृत रविन अधिकारीका अनुसार कक्षा १ देखि कक्षा १० सम्मकाले मतदान गरेकाछन् । हाउस क्याप्टेन, भाईस क्याप्टेन, हेड ब्वाई र हेड गर्ल लिडरमा प्रतिशप्रधा गर्ने कक्षा ८ देखि १० कक्षासम्म विद्यार्थी रहेका थिए ।

४ वटा हाउसबाट क्याप्टेनमा ४ जना, ४ वटा हाउसबाट भाईस क्याप्टेनमा ४ जना, हेड ब्वाई र हेड गर्ल १/१ जना निर्वाचित भएको विद्यालयका म्यानेजमेन्ट डाइरेक्टर शिरलाल परियारले जानकारी दिए ।

क्याप्टेन तर्फ नेचर हाउसबाट द्धिप्ति अधिकारी २३०, कमन्स हाउसबाट रौनक चौधरी १९३, क्यासिफिक हाउसबाट सिद्धिका गिरी १८५ मत प्राप्त गर्दै बिजयी भए भने सोलार हाउसबाट देबी चौधरी पहिल्यै सर्वसम्मत भएकी थिईन् । यस्तै, भाईस क्याप्टेन तर्फ क्रिन्सन हाउसबाट प्रसन्ना रिजाल २३७, क्यासिफिक हाउसबाट आकृति रिजाल १९४, सोलार हाउसबाट रोजल चौधरी २१४ मत प्राप्त गर्दै बिजयी भए भने नेचर हाउसबाट सितल महतो पहिल्यै सर्वसम्मत भएकी थिईन् । हेड ब्वाईमा विश्व तामाङ २८२ र हेड गर्लमा सायोना भुषाल २१३ मत प्राप्त गर्दै विजयी भएको विद्यालयका बिज्ञान शिक्षक सुजन शर्माले जानकारी दिए ।

यसै क्रममा विद्यालयले प्रत्येक वर्ष यसैगरी मतदानद्वारा विद्यार्थीहरुको नेतृत्व चयन गर्ने र विद्यार्थीको शैक्षिक गुणस्तरमा थप टेवा पुग्नुका साथै, यस्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनको व्यवहारिक अभ्यास भई विद्यार्थीहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको परियारले जानकारी दिए ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।