रत्ननगर, जेठ २२ । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । विश्व वातावरण दिवसको उपलक्ष्यमा रत्ननगर वडा नं. ७ मा रहेको ग्रीन सोसाईटी पब्लिक स्कुलले विद्यालय स्तरीय बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
‘वातावरण संरक्षणमा युवाको भूमिका’ भन्ने शिर्षकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा प्रशम्सा पाण्डे प्रथम, आकृति रिजाल द्धितिय, प्रशिद्ध भण्डारी तृतीय र स्मारिका चौधरीले सान्त्वना हासिल गरिन् ।

वातावरण एक दिन मात्र सफा गरेर नभई सधै सफा राख्नु पर्ने र हामी सबैले भित्री मनबाटनै लागिपर्दै हातेमालो गरेर वातावरण संरक्षण गर्नुप्रर्ने सचेतना फैलाउनका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका म्यानेजमेन्ट डाईरेक्टर शीरलाल परियारले जानकारी दिए ।
उनले भने, “यो बेलामा पनि वातावरण सरसफाईमा नलाग्ने हो भने हामी आफ्नो रोग आफौँ निम्ताउन बाध्य रहन्छौ र पछिल्लो पुस्ताहरु पूर्ण प्रदुषित वातावरणमा बाच्नुपर्ने हुन्छ ।”

संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।








