बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिका नगरपालिकामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल

Share:
462

चितवन । कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व निवर्तमान मेयर, उपमेयर तथा वडा अध्यक्षहरुसँग छलफल सम्पन्न गरेको छ।

मेयर विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा निवर्तमान मेयर तथा उपमेयरले आफ्ना कार्यकालको अनुभवसमेत प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा नगरपालिकाले अगाडि बढाउनुपर्ने नीति र बजेटको फ्रेमवर्क समेतका बारेमा सुझाव प्रस्तुत गरेका मेयर रेग्मीले बताउनुभयो ।

‘उहाँहरुले आफ्नो अनुभव पनि बताउनुभयो र कालिका नगरपालिकाले कस्तो नीति अवलम्बन गर्ने भन्नेबारेमा समेत हामीलाई दिशानिर्देश गर्नुभएको छ, मेयर रेग्मीले भन्नुभयो ।’

“हामी कालिका नगरपालिकालाई देशकै नमूना स्थानीय तह बनाउँन चाहन्छौँ त्यसका लागि सबैको सल्लाह सुझाव र अपनत्व समेत खोजिरहेको कारण अनुभवि व्यक्तित्व तथा वडाका अध्यक्षहरुसँग राय सल्लाह गर्नु महत्त्वपूर्ण भएकोले आज हामीले महत्त्वपूर्ण विषयमा छलफल गर्यौ” मेयर रेग्मीले भन्नुभयो ।

कालिका नगरपालिका बेरुजु कामगर्ने चितवनकै पहिलो र देशकै दसौं उत्कृष्ट स्थानीय तहमा सूचिकृत पालिका हो ।

उपमेयर बिमला तामाङ, वडाअध्यक्षहरु र कर्मचारीहरु बीच राम्रो एकता र विश्वास सृजना भएकै कारण र पारदर्शिता अवलम्बन गरेकै कारण कालिका नगरपालिकाले अपेक्षित सफलता प्राप्त गर्न सफल रहेको मेयर विनोद रेग्मीले बताउनुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।