शनि, असार ६, २०८३
Search
शनि, असार ६, २०८३

रत्ननगर वडा नं. २ द्वारा सुत्केरी महिलालाई पोषण आहार 

Share:
369

रत्ननगर, जेठ १९ । रत्ननगर नगरपालिका वडा नं. २ ले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नवप्रसूती महिलाहरूलाई लक्षित पोषण सामग्री वितरण गरेको छ।

वडाले जन्मदर्ता अभिलेखको आधारमा पछिल्लो चरणमा सूचीकृत १२ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य पदार्थ हस्तान्तरण गरेको हो। वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेका अनुसार, स्वास्थ्य निगरानीसहित सञ्चालन गरिएको यस कार्यक्रममा प्रत्येक सुत्केरीलाई दुई केजी नौनी घ्यू, एक क्रेट अण्डा र दुई केजी प्रोटिनयुक्त मिक्स गेडागुडी प्रदान गरिएको हो।

“सुत्केरी अवस्थामा महिलालाई आवश्यक पोषण तत्वको कमी हुन नदिन तथा नवजात शिशुको समुचित हेरचाह सुनिश्चित गर्न वडाले यो कार्यक्रम सुरु गरेको हो,” वडाध्यक्ष घिमिरेले बताए।

उनका अनुसार वडाले मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिरहेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।