बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

Share:
309

रत्ननगर, जेठ १९ । बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकास श्रेष्ठले सफा उर्जा उत्पादन प्रा.लि. चितवनमा सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् ।

खैरहनी वडा नं ४ चैनपुरमा अबस्थित उद्योगको मन्त्री श्रेष्ठ सहित उद्योग बाणिज्य संघ मकवानपुरको अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईँले समेत प्रशोधन उद्योगको अबलोकन गरेका हुन ।

सफा उर्जाका निर्देशक निर्णय पौडेलले मन्त्री श्रेष्ठ र व्यवसायीहरुलाई उद्योगमा स्वागत गरेका थिए भने सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले सफा उर्जाले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वाताबरण संरक्षणमा गरेका कामहरुको विषयमा मन्त्री तथा व्यवसायीलाई जानकारी गराएका थिए ।

उद्योगको अनुगमन र निरीक्षणपछि मन्त्री श्रेष्ठले निजी क्षेत्रबाट फोहोर दीगो व्यवस्थापनको लागि चितवनमा सुरु गरिएको कामको प्रशंसा गर्दै प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो देशकै ठुलो र नमुना फोहोर प्रशोधन उद्योग रहेको आफुले अनुमान गरेको भन्दै उनले युवाहरुलाई देशमै रोजगारी र्सिजना गर्न सफा उर्जाले खेलेको भूमिकको प्रशंसा गरेका हुन ।

फोहोर प्रशोधन र रोजगारी र्सिजना गर्ने उद्योगहरुलाई तीनै तहको सरकारले प्रोत्सहान गर्नुपर्ने उनको भनाई छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।