बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

निकुञ्जको मुलखोलामा पंक्षी खोज्दै चराप्रेमी

Share:
839

रत्ननगर, जेठ १७ । चितवनको सौराहामा रहेको बर्ड एजुकेसन सोसाईटीले आफ्नो शनिबारको नियमित पंक्षी अवलोकन तथा सिकाई कार्यक्रम अन्र्तगत आज (शनिबार) को दिन चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा रहेको मुल खोला क्षेत्रमा एक दिने पंक्षी अवलोकन तथा तथ्यांक संकलन कार्य गरेको छ ।

सो कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जको ईजाजत र निकुञ्जमा कार्यरत नेचर गाईडहरुको छाता संस्था नेचर गाईड एसोशियसन संगको सहकार्यमा आयोजना गरीएको हो ।

शनिबार बिहानै देखि सुरुभएको अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाईटी, नेचर गाईड एसोशियसनका सदस्य तथा चरा अवलोकनकर्ता सहित २३ जनाको सहभागितामा करिब १४ कि.मी. दुरीमा पंक्षी तथा अन्य जैविक विविधताको अवलोकन गर्दै ८५ भन्दा बढी प्रजातिका पंक्षी, ७ प्रजातिका स्तनधारी, ४१ प्रजातिका पुतली तथा करीब एक सय प्रजातिका वनस्पतिको रेकर्ड गरिएको बर्ड एजुकेसन सोसाईटीका सचिव प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

चितवनमा रहेका दुर्लभ पंक्षीहरु अन्तर्गतका Gray-crwoned Prinia, Ruddy Kingfisher, Red-headed Trogon Sultan Tit लगाएतका चराहरु भेटीएको र विगतका तुलनामा संख्यात्मक रुपमा भने कम देखीएको कार्यक्रमका सहभागी तथा नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरुङले बताउनुभयो ।

त्यसैगरी उक्त क्षेत्रसम्म चराहेर्नका लागि चितवन आउने पर्यटकलाई सहज पंहुच बनाउनका लागि निकुञ्जको भिमपुर क्षेत्रबाट मुलखोलाको मध्यभागसम्म पुग्ने जिप सफारीको ट्रेल र पदमार्ग निर्माणमा निकुञ्ज लगायतका सरोकारवालाले ठोस कदम चाल्नुपर्ने वर्ड एजुकेसन सोसाईटीका पुर्व अध्यक्ष समेत रहेका चराविद बासु विंडारीले बताउनुभयो ।

आज (शनिवार) सम्पन्न भएको कार्यक्रममा चरा सम्बन्धि सहजकर्ताका रुपमा नेपालकै पंक्षीबिद बद्रि चौधरी रहनु भएको थियो भने पुतली र वनस्पति सम्बन्धि टेक बहादुर गुरुङ र कपिल प्रसाद पोखरेलले सहभागिलाई सहजिकरण गर्नुभएको थियो ।

अर्को हप्ताको शनिबार पुनः नयाँ गन्तव्यमा पंक्षी अवलोकन कार्यक्रम आयोजना गरिने र सोको जानकारी सोसाईटीले चांडै सुचना मार्फत सार्वजनिक गरिने सचिव चापागाईंले जानकारी दिनुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।