बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

माधवपुर गोल्ड कप : न्यू पञ्चदिपलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश

Share:
366

रत्ननगर, जेठ १५ । माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको छ । माधवपुर खेलमैदानमा भएको खेलमा न्यू पञ्चदिपलाई १-० ले हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो ।

एपिएफ लागी जर्सी नम्बर १० का खेलाडी सविन गुरुङले पहिलो हाफको १७ औं मिनेटमा डि बक्स नजिकैबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको दौरान पटकपटक पोष्ट आक्रमण गरेको न्यू पञ्चदिपले जवाफी गोल प्रहार गर्न नसक्दा हार व्यहोर्नु पर्यो ।

दुई विदेशी सहित तन्नेरी पुस्ताका रोजाईका खेलाडी एरोन थापालाई मैदान उतारेको न्यू पञ्चदिपले दर्शकको उत्साहप्रद समर्थनका बाबजुत फाईनलको यात्रा तय गर्न सकेन । समूह चरणको खेलमा प्याराडाईज युवा क्लब सिसुवारलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको पञ्चदिप सेमिफाईनलबाटै घर फर्किएको छ।

जेठ १७ गते हुने प्रतियोगिताको फाईनल खेलमा एपिएफले अब अभिषेक चर्च रजहरको सामना गर्नेछ । बुधबार भएको पहिलो सेमिफाईनलमा बागमती फुटबल एकेडेमीलाई ट्राईब्रेकरमा ७-६ ले पराजित गर्दै अभिषेक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता माधवपुर खेलकुद विकास समितिको आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा भईरहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।