बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

माधवपुर गोल्ड कप : दोश्रो सेमिफाईनलमा आज एपीएफ र न्यू पञ्चदिप भिड्दै

Share:
404

रत्ननगर, जेठ १५ । माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा आज (बिहीबार) एपीएफ र न्यू पञ्चदिप युवा क्लब भिड्दैछन् । दिउँसो ४ बजे माधवपुर खेलमैदानमा हुने खेलको विजेताले फाईनलमा अभिषेक चर्च रजहरको सामना गर्नेछ ।

प्रतियोगिताको समूह चरणको खेलमा एपीएफले आयोजकलाई र न्यू पञ्चदिप युवा क्लबले प्याराडाईज युवा क्लब सिसुवारलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेका थिए ।

हिजो भएको पहिलो सेमिफाइनलमा हेटौडा फुटबल एकेडेमीलाई हराउँदै अभिषेक चर्च रजहर फाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाईनल खेल जेठ १७ गते हुनेछ । माधवपुर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितालाई एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।