शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
277

काठमाडौं, जेठ १३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ८४ पैसा र बिक्री दर १३६ रुपियाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५९ पैसा र बिक्रीदर १५५ रुपियाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १९ पैसा र बिक्रीदर १८५ रुपियाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ २५ पैसा र बिक्रीदर १६५ रुपियाँ ९८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४१ पैसा र बिक्रीदर ८८ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ पाँच पैसा र बिक्रीदर ९९ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९० पैसा र बिक्रीदर १८ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २२ पैसा र बिक्रीदर ३६ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २७ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २० पैसा र बिक्रीदर ३२ रुपियाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७२ पैसा र बिक्रीदर २० रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३४ पैसा र बिक्रीदर १७ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपियाँ २४ पैसा र बिक्रीदर ४४५ रुपियाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ३२ पैसा र बिक्रीदर ३६१ रुपियाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपियाँ ८५ पैसा र विक्रीदर ३५४ रुपियाँ ४१ पैसा तोकेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।