बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

दोश्रो माधवपुर गोल्डकप: अभिषेक चर्च रजहर संग बागमती पुलिस क्लब स्तब्ध

Share:
567

रत्ननगर, जेठ १२ । रत्ननगरको माधवपुरमा जारी दोश्रो माधवपुर गोल्डकपको तेस्राे खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा माधवपुर मैदानमा जारी प्रतियोगितामा रजहरले बागमती पुलिसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ बराबरीमा सकिएको प्रतियोगिताको दोश्रो हाफको २२ औं मिनेटमा रजहरका लागी जर्सी नम्बर १४ का खेलाडी समिप ढकालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा रजहरकै जर्सी नम्बर ११ का खेलाडी अनिस मगरले एक गोल थपे। त्यस्तै खेलको ३८ औं मिनेटमा जर्सी नम्बर ५ का खेलाडी जनक कोईरालाले १ गोल गरेपछि रजहरले ३-० ले अग्रता लिएको थियो ।

प्रतियोगितामा निरिह देखिएको बागमती पुलिसले ७० मिनेटपछि थपिएको ४ मिनेटको अन्तिम समयमा एक गोल गरेपनि हारबाट आफुलाई जोगाउन सकेन । पुलिसका लागी जर्सी नम्बर ३ का निर्मल रानाले एक गोल गरेका थिए ।

खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च रजहरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भोली मंगलबार प्याराडाइज फुटबल क्लब सिसुवार र पञ्चदिप युवा क्लब सालघारी चितवन बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ४:०० बजे सुरु हुने खेल संयोजक भिम वाईवाले जानकारी दिए।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द म्याच ले कप सहित नगद रु २ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ। जेठ १८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा रत्ननगर नगरपालिका १५ नं वडा कार्यलय संरक्षक तथा एक्स्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज मुख्य प्रायोजक रहेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।