रत्ननगर, जेठ १० । दोस्रो माधवपुर गोल्डकपमा पेनाल्टी मार्फत हेटौडा फुटबल एकेडेमीले विजय प्राप्त गरेको छ।
आज भएको उद्घाटन खेलमा सूर्यपुर फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४- ३ गोल अन्तरले हराउँदै हेटौडा फुटबल एकेडेमी क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयको ८० मिनेट खेल बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सूर्यपुरका दुई पेनाल्टी सुटआउट हेटौडा फुटबल एकेडेमीका गोलकिपर अशरफ शेखले रोकेपछि हेटौडा विजयी भएको हो।
उक्त खेलमा हेटौडा फुटबल एकेडेमीका गोलकिपर अशरफ शेख म्यान अफ दि म्याच बनेका थिए।
भोलीको खेल आयोजक माधवपुर खेलकुद विकास समिति र सशस्त्र प्रहरी बल भण्डारा बीच हुनेछ।
प्रतियोगिताको विजेताले रु २ लाख २२ हजार २ सय २२ रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले रु १ लाख११ रुपैयाँ प्राप्त गर्नेछ।








