बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनका सात पालिकामध्ये कालिकाको अधावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल

Share:
2479

सञ्जय चौधरी, रत्ननगर, जेठ ७ । चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ ।

यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको उल्लेख गरिएको छ ।

२०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ ।

लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम अलुल गरि नगरपालिकाको खातामा जम्मा गरिएको जानकारी दिए ।

पेश्कि रकम पेश्कि फर्छाैट गरेको तथा नगरपालिकाले आवश्यक विभिन्न कानुन तथा कार्यविधि निर्माण गरेकोले रु १५ करोड ६६ लाख बेरुजु फर्छौट गरी महालेखा परिक्षक कार्यालयको २०८१ सालमा प्रकाशित आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङक अनुसार हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको टिकाराम रेग्मीले बताए ।

आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाईएको तथ्याङक अनुसार कालिका नगरपालिकाको हाल रु ४ करोड ३३ लाख ४४ हजार चितवन जिल्लामा सबैभन्दा कम बेरुजु बाँकी छ ।

ईच्छाकामना गाउँपालिकाको रु १० करोड ८० लाख ६४ हजार दोस्रो, खैरहनी नगरपालिकाको रु ११ करोड ८४ लाख ९२ हजार तेस्रो, रत्ननगर नगरपालिकाको रु १६ करोड १८ लाख ८९ हजार चौथो, राप्ती नगरपालिकाको १९ करोड २९ लाख ९४ हजार पाँचौ, माडी नगरपालिकाको ४६ करोड १५ हजार छैठौं र भरतपुर महानगरपालिकाको ९३ करोड ५० लाख २९ हजार सबैभन्दा धेरै कुल बेरुजु बाँकी रहेकाले सातौं स्थानमा छ ।

चितवन जिल्लाकै सबै भन्दा कम रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम गर्न सफल भएको कालिकाका नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिको सम्पूर्ण पक्षमा साना साना सुधार गरिरहेको बताउदै नगर प्रमुख रेग्मीले कानुनहरुको पालना गरेको प्रतिक्रिया जनाए ।

कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकारको, बागमति प्रदेश सरकारको सम्पूर्ण कानुनहरु पालना गरेको र नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यबिधिहरु र मापदण्डहरु बनाई तिनिहरुको पूर्ण पालना गर्दा बेरुजु न्यूनीकरण सम्भव भएको हो ।

यसैगरी, जिल्ला समन्वय समिति चितवनको आयोजनामा गत बैशाख ३१ गते बुधवार नगरपालिकामा लेखा समितिसँग अन्तरक्रिया भएको छ ।

अन्तरक्रियाका क्रममा जिल्ला समन्वय अधिकारी तथा चितवन जिल्लाको बेरूजु सम्परिक्षण तथा फर्छौट समितिका संयोजक हरि प्रसाद शर्माले आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाईएको तथ्याङक अनुसार कालिका नगरपालिका चितवन जिल्लाकै सबै भन्दा कम रु ४ करोड ३३ लाख ४४ हजार अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल भएकोमा नगरपालिकालाई बधाई तथा सफतताको शुभकामना दिए ।

अन्तरक्रियाका कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, लेखा समितिका सदस्यहरू विरेन्द्र तामाङ र शान्ति महतो सहभागी थिए ।

 

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।