बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

Share:
341

चितवन । चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ । नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज शुक्रबार भरतपुरमा प्रशिक्षण दिइएको हो । विशेष गरी स्थानीय निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई लक्ष्ति गरी प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवाली मुख्य प्रशिक्षकका रुपमा रहेका थिए । ज्ञवालीले जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्धसहित विविध विषयमा जनप्रतिनिधि एवम् पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिए । जनप्रतिनिधि भनेको पार्टीको अग्रपंक्तिका सिपाहीहरु भएको उनले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिका क्रियाकलापले पार्टीलाई ठूलो बनाउने कि सानो बनाउने भन्ने भूमिका खेल्ने उनले बताए । पार्टीले के गरेको छ भनेर जनताले मुल्यांकन गर्ने आधार भनेको पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामहरु हुने बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

‘यत्ति कामका लागि त नेकपा एमालेले नै जित्नुपथ्र्यो र ? भन्ने बुझाई जनतामा नहोस्’ भन्दै नेता ज्ञवालीले भने, ‘एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनतासामु पार्टीप्रतिको विश्वास कायम राखिरहने गरी उदाहरणीय काम गर्नुस् ।’

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको जस लिने र त्यसको प्रचार गर्ने कुरामा सक्रिय भएर लाग्न उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्य प्रभा बराल, एमाले चितवनका अध्यक्ष कमलराज पाठकले आआफ्नो अनुभव र धारणा राखेका थिए ।

प्रशिक्षणका बीचमा जनगायक एवम् पार्टी प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेले पार्टीको गीत गाएर मनोरञ्जन गराएका थिए । नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले कार्यक्रमलाई सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य र कालिका नगरपालिका प्रमुख एवम् एमाले चितवनका स्थानीय निकाय विभाग प्रमुख विनोद रेग्मीले समापन मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।