बिहि, बैशाख १७, २०८३
Search
बिहि, बैशाख १७, २०८३

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

Share:
327

वैशाख २० । संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो ।

अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वको प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) कार्यक्रम गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो ।

मेलामा बोर्डले ब्रोशर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवद्र्धन गरेको थियो । एटीएमजस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसर प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डसँगै १२ वटा निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनीसमेत एटीएम–२०२५ मा सहभागी भएका थिए । निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तरराष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले एटीएमको सहभागिताले नेपाललाई नयाँ बजारमा चिनाउने अवसर प्रदान गर्ने भन्दै यस्ता मेलामा हुने सहभागिता नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।