शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक

Share:
403

काठमाडौं, बैशाख १९ । नेपाल विद्युत प्राधिकरणको सम्पत्ति साढे ६ खर्ब नजिक रहेको छ । नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको जनाएको हो ।

प्राधिकरणको कुल सम्पत्तिमध्ये २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति र २ खर्ब २० अर्ब बराबर निर्माणाधीन आयोजनाको सम्पत्ति रहेको सार्वजनिक श्वेतपत्रको कार्यकारी सारांशमा उल्लेख छ ।

तर, प्राधिकरणको कुल सम्पत्तिमा भने महालेखापरीक्षकको कार्यालयले लामो समयदेखि भौतिक सम्पत्तिको परीक्षण नभएको, प्रचलित प्रणालीअनुसार रेकर्ड नराखिएको, रेकर्डबाट हटाउनुपर्ने नहटाइएको, सम्पत्तिको रूपमा देखाइएको सम्पत्तिको लालपुर्जा नभएको लगायतका विषय औँल्याएको छ ।

साथै, महालेखाले औँल्याएको भन्दै २४.१२ अर्ब बराबरको सम्पत्ति विना आधार पुँजीकरण गरिएको, ८.१६ अर्ब बराबरको पुँजीकरण गर्नुपर्ने सम्पत्ति नगरिएको, ठेकेदारलाई पेश्कीको रूपमा दिइएको ३८.४० करोड रकम वासलातमा देखाएको लगायतका विषय श्वेतपत्रमा उल्लेख छ ।

नेपाल सरकारले प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड शेयर लगानी गरेको, सञ्चित नाफा ४६ अर्ब ४७ करोड, अन्य जगेडा ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको उल्लेख छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।