शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

लगानी बोर्डका सिईओ ज्ञवालीसँग कालिकाका मेयर रेग्मीको भेट

Share:
124

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका छन् ।

बुधवार प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्रमा नगर प्रमुख रेग्मीले लगानी बोर्डका सिईओ ज्ञवाली सहित चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सदस्य गोविन्द प्रसाद खनाल लगाएतको टोलीसंग भेट गरेकाहुन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो । कालिका नगरपालिकाको झन्डै १ हजार ८ सय बिद्यामा औधोगिक क्षेत्र निर्माण हुनेभएपछि लगानी बोर्डका सिईओ ज्ञवाली औधोगिक क्षेत्रमै पुगी अनुगमन गरेकाछन् । साथै, सोही अवसरमा चितवनको ऐतिहासिक एंव धार्मिक नयाँ निर्माण भएको कालिका भगवती मन्दिरको पूजाआजा गरी मन्दिरको अनुगमन समेत गरिएको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।