रत्ननगर, माघ २७ । रत्ननगरकी सामाजिक व्यक्तित्व एन्जिला कुँवरले आफ्नो जन्मदिन गायत्री बेदबेदाङ्ग संस्कृत विद्यालय गुरुकुलकमा मनाएकी छन् ।
जन्मदिनमा उनले गुुरुकुलमका विद्यार्थीहरुलाई ब्राहमण भोजन, सदन अनुसार ६० जना विद्यार्थीलाई पोसाक, १० जनालाई प्रोत्सहान स्वरुप पुरस्कार र हरेक बर्ष जन्मदिनको दिन भोजन वापत रु ११ हजार प्रदान गर्ने प्रतिबद्धता जनाइन् ।
रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा कुँवरले जन्मदिनलाई सार्थक बनाउन बेदबेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका विद्यार्थीहरुलाई सहयोग गरेको बताइन् ।
जन्मदिनमा अरु कुरामा खर्च गर्न मन लागेन उनले भनिन घर नजिकैको संस्कृत विद्यालय गुरुकुलममा सहयोग गर्दा उपयुक्त हुने ठाने । कार्यक्रममा उनले बेदबेदाङ्ग संस्कृत विद्यालय भवनको माथिल्लो तलामा सभाहल निर्माण गरिदिन वडाध्यक्ष सापकोटालाई आग्रह गरिन ।
कुँवरको आग्रहलाई स्विकार्दै वडाध्यक्ष सापकोटाले आगामी आर्थिक बर्षमा सभाहल निर्माणको लागि दुई लाख विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडी, नारी जागरण केन्द्रकी महासचिव सरस्वती लामा, नवदुर्गा आमा समुहकी निर्वतमान अध्यक्ष संगिता खनाल लगायतको उपस्थिति रहेको थियो ।








