चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।
विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय सरकारले गर्न सक्ने काम र प्राथमिकताको विषयमा समूहगत छलफल गरिएको हो ।
कालिका नगरपालिका क्षेत्रको बिपद् नक्साङ्कन, १ देखि ११ वटै वडाको कुन क्षेत्रमा कस्तो विपद् आउँछ, सुचना संकलन, सम्भावित विपद् संकलन लगाएका विषयमा कालिकाका १ देखि ११ वटै वडाका वडा अध्यक्ष, सदस्य, सचिवहरु र कर्मचारीहरुलाई प्रशिक्षण दिईएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्रका कार्यक्रम संयोजक कृष्ण घिमिरे प्रशिक्षण दिनुभएको थियो ।
बिपद व्यवस्थापन समितका संयोजक तथा कालिकाका नगर प्रमुख बिनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्रका निर्देशक सुरेश थापा, लुमन्तीका संयोजक सिंह वहादुर वाईबा, कालिकाका ईन्जिनयर राजेश कोईराला लगाएतको उपस्थिति रहेको थियो ।








