रत्ननगर । झुवानी माविद्वारा सञ्चालित समाहित शिक्षा अध्यायन गरिरहेका दृष्टिविहीन विद्यार्थीहरुको सहजताको लागि सहयोग गरिएको छ ।
चितवन समाज युकेका पूर्व कोषाध्यक्ष तथा लण्डन समाज युकेका संयोजक झलक सुवेदीले दृष्टिविहीन विद्यार्थीको सहजताको लागि उनीहरु पढ्ने विद्यालय हिडडुल र खेलकुदमा लागि मैदान व्यवस्थापनको काम गरेका हुन् ।
उनले व्यक्तिगत रुपमा २५ हजार रुपैया खर्चेर खाल्टाखुल्टी रहेको आगन र खेल मैदानलाई माटो पुरेर व्यवस्थित गराइदिएका हुन् । आर्थिक अभावका कारण विद्यालय र छात्राबास संगैको आगनमा माटो व्यवस्थापन गर्न सकिएको थिएन् ।
झुवानी माविका दृष्टिविहीन सहित विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्न विद्यालय पुग्दा दृष्टिविहीन विद्यालयले राम्रो आगन र खेल मैदानको अभावले दुख पाएको देखेपछि उक्त काम गरेका हुन् ।
झुवानी माविका अध्यक्ष कृष्णप्रसाद खतिवडाले लण्डन समाज युकेका संयोजक सुवेदीले गरेको सहयोगले दृष्टिविहीन बालबालिका हिडडुल र खेल खेल्दा सुरक्षित हुने बताए ।
रत्ननगर वडा नं ६ मृगचोक निवासी सुवेदी लामो समय देखि बैदेशिक रोजगारीको शिलशिलामा लण्डनमा रहेका छन् । विदेशी भूमिका कर्म गरिरहेका सुवेदीले आफ्नो देशप्रतिको कर्तव्य विर्सेका छैन्न । कुराभन्दा काममा विश्वास गर्ने सुवेदीले विदेशमा रहेर पनि नेपालमा थ्रुपै सामाजिक काम गरेका छन् ।
भूकम्प पीडितलाई सहयोग, विपन्नको उपचारमा सहयोग गर्दै आएका सुवेदीले पछिल्लो समय झुवानी माविका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा दृष्टिविहीनलाई सहयोग गरेका हुन् ।
लण्डनमा रहेका नेपालीहरुबाट संकलिन रकमले स्वदेशमा सामाजिक क्षेत्रमा काम गर्ने तीब्र इच्छा प्रकट गर्ने सुवेदीले आगामी दिनमा विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा थप सहयोग गर्ने बताए ।
गफ गरेर समाज विकास हुँदैन, देश बनाउन काम गर्नुपर्छ सुवेदीले भने राज्यसत्ता सञ्चालन गर्नेहरुको चेत खुल्ने गरी काम गरेर देखाउने योजना छ ।








