शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

गोधुली साकोसको अध्यक्षमा पुनः कुँवर, सचिवमा महतो

Share:
148

रत्ननगर । भरतपुरमा मुख्य कार्यालय रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मधु कुँवर चयन भएका छन् ।

रत्ननगरमा सम्पन्न १३औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संगिता खड्का, सचिवमा शरद कुमार महतो, कोषाध्यक्षमा सुर्यबहादुर थापा र सदस्यहरुमा कृष्णबीर श्रेष्ठ, रामकिशोर महतो, लक्ष्मीलाल श्रेष्ठ, इन्द्रप्रसाद अधिकारी र सुरेश चौधरी चयन भएका छन् ।

लेखा समितिको संयोजकमा दुर्गाकिरण सापकोटा र सदस्यहरुमा भगवती श्रेष्ठ, धनराज थारु चयन भएका छन् । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले सहकारीप्रति हेर्ने दृष्टिकोण फरक बन्दै गएकाले चनाखो भएर आर्थिक गतिविधि अगाडी बढाउन आग्रह गर्दै संस्थाप्रति बचतकर्ता र ऋण लिने शेयर सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताए ।

उनले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरी सहकारी सञ्चालन गर्न आग्रह गरे । उद्योग बाणिज्य संघ चितवनका बरिष्ट उपाध्यक्ष चिरन्जिवी सुवेदीले सहकारीले स्थानीय स्तरमा आर्थिक विकासका लागि भूमिका खेल्ने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा असल ऋणि सर्मिला थापा, उत्कृष्ट बचतकर्ताहरु दीपक कुमार प्रधान, कृष्णबहादुर कार्की, निर्मल श्रेष्ठ, बासुदेव श्रेष्ठ, उत्कृष्ट शेयर धनीका रुपमा दीपक खड्का र उत्कृष्ट बाल बचतकर्ताको रुपमा रुबल कोइरालालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव तथा कार्यकारी निर्देशक शरदकुमार महतोले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामसुन्दर महतोले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक सर्मिला श्रेष्ठले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६७ सालमा स्थापना भएको सो सहकारीको भरतपुर महानगर, रत्ननगर र खैरहनी नगरपालिकालाई सेवा क्षेत्र बनाएको छ । ४ हजार ५०३ जना शेयर सदस्य रहेको सो सहकारीमा शेयरपूजि ३ करोड ८९ लाख, जगेडा कोषमा ५९ लाख ५७ हजार, कर्जा नोक्सानी व्यवस्थामा ६० लाख रहेको छ । सो सहकारीले २० करोड ८५ लाख ऋण लगानी गरेको छ ।

टाँडी शाखाका व्यवस्थापक सुरेश चौधरीले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा रत्ननगर वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा लगायतले मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।