शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

जनजागृति मा.वि ले मनायो ६२औं बार्षिकोत्सव

Share:
149

रत्ननगर, माघ २१ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा अबस्थित जनजागृति माविले सोमबार ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयको शैक्षिक उपलब्धी तथा सिकाइ उपलब्धि सुधार योजना सार्वजनिक, छात्रावृत्ती वितरण, पूर्वप्रधानाध्यापक तथा कर्मचारीलाई सम्मान गरी ६२औं बार्षिकोत्सव मनाइएको हो ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठले २४ बुँदे सिकाइ उपलब्धि सुधार योजना सार्वजनिक गरेका हुन । कार्यक्रममा अबकासप्राप्त २५ जना शिक्षक र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

त्यसैगरी विद्यालयका उत्कृष्ट शिक्षकहरु शम्भू भट्टराई, सुस्मिता गुरुङ, शारदा आचार्य, आकृति न्यौपाने, धर्मराज बस्ताकोटी, राजिब पौडेल र कर्मचारी अनुपा लामिछानेलाई सम्मान गरिएको छ । बार्षिकोत्सवको अबसर पारेर समाजसेवी बलराम खनालले हजुरबुवा मित्रलाल खनालको स्मृतिमा एक लाख १ हजार १११ रुपैयाको छात्राबृत्ती अक्षयकोष, जयन्द्र कुमार श्रेष्ठले आमा मोहनमाया श्रेष्ठ र श्रीमति सन्तकुमारी श्रेष्ठको स्मृतिमा ५१ हजारको छात्राबृत्ती अक्षयकोष र उद्धब रिजालले १ लाख ५१ हजार १०१ रुपैयाको विष्णुप्रसाद÷रेवती रिजाल छात्राबृत्ती अक्षयकोष स्थापना गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक जिम्मेवार हुनुपर्ने बताए । स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको भन्दै उनले शिक्षामा लगानी अनुसारको प्रतिफल प्राप्तीका लागि शिक्षकहरु जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

गरिखाने शिक्षाले मात्र आत्मनिर्भर बनाउने भन्दै उनले समय सुहाउदो शिक्षामा स्थानीय सरकारले लगानी बढाउने बताए । राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष डा।विश्वनाथ पौडेलले विद्यालय भवन मात्र नभइ ज्ञानको ज्योति छर्ने पवित्र मन्दिर रहेको बताए । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठले जनजागृती मा.वि जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य रहेको भन्दै संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा फर्काउने जिल्लाको एक मात्र विद्यालय रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले राष्ट्रिय योजना आयोगबाट विनियोजित संघीय बजेट बाट विद्यालय भवनको उद्घाटन समेत गरेका छन् । २०१७ सालमा पढनपाढन सुरु भएर २०१९ सालमा प्राथमिक तहमा स्विकृति पाएको सो विद्यालय २०६१ सालमा उच्च मावि तहमा स्तरोन्नती भइ कक्षा ११ र १२ को पढाई सुरु गरिएको थियो । हाल सो विद्यालयमा बाल विकास केन्द्र देखि १२ सम्म अंग्रेजी माध्यम र कक्षा ९ देखि १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा कक्षा सञ्चालन भइरहेको सहायम प्रधानाध्यापक रोहित न्यौपानेले जानकारी दिए ।

सो विद्यालयमा हाल एक हजार २२४ जना विद्यार्थी अध्यायरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा करिब १०० जना विद्यार्थीलाई छात्राबृत्ती समेत वितरण गरिएको छ । कार्यक्रममा सहायक प्राचार्य आत्मराम लम्सालले स्वागत मन्तव्य राखेका थिए । सो विद्यालयमा स्थापना गरिएको २५ वटा अक्षयकोषमा २४ लाख रुपैया रहेको छ ।

अक्षयकोषमा रहेको रकमको व्याजबाट बार्षिक रुपमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ती वितरण गर्दै आएको छ । बार्षिकोत्सवको अबसरमा शिक्षक कर्मचारी भलिबल प्रतियोगिता समेत गरिएको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।