शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्न प्रिय क्लब र शितल टोल विकासले गर्‍यो सरसफाई

Share:
140

रत्ननगर, माघ १९ । रत्न प्रिय क्लब र शितल टोल विकास संस्था लगाएत पाँच वटा टोल विकास संस्थाले रत्ननगर-९ को कपरफोरी, बालुवाटार र पूर्व पश्चिम राजमार्गको छेउछाउ सरसफाई गरेको छ ।

“आफ्नो घर, टोल सफा राख्ने मेरो जिम्मेबारी” “फोहोर मैलाको वर्गीकरण घरबाट गर्न सुरूवात गरौ” भन्ने नाराका साथ क्लबका अध्यक्ष बसन्त राना मगर र शितल टोल विकास संस्थाका अध्यक्ष बसन्त अम्गाईको नेतृत्वमा शनिवार सरसफाई गरेको हो । सफा उर्जा उत्पादन प्रा.लि ले सहकार्य गरेको सरसफाई कार्यक्रममा ९ वर्षको बालबालिका देखि ८४ वर्ष सम्मका वृद्धहरु, क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले आफ्नो गाउँ तथा नगरक्षेत्रभित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई स्वच्छ, सफा, स्वस्थ्य, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न आग्रह गरे ।

क्लवका अध्यक्ष राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, कपरफोरी बालुवाटार बिपद् व्यवस्थापनका अध्यक्ष रामचन्द्र पौडेल, नवजागृती टोल विकास संस्थाका अध्यक्ष नरेश्वर सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन क्लवका सचिव बिजय लामाले सञ्चालन गरेका थिए ।

 

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।