शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

मकवानपुर उवासंघको टोली रत्ननगर उवासंघमा

Share:
109

रत्ननगर, माघ १८ । रत्ननगर उद्योग बाणिज्य संघले मकवानपुर उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाई शुक्रबार स्वागत गर्दैै हार्दिक बधाई ज्ञापन गरेको छ ।

संघको सभाहलमा आयोजित औपचारिक कार्यक्रमका बीच संघका अध्यक्ष शंकर गिरीले मकवानपुर उद्योग बाणिज्य संघको प्रमोद सिंह रानाभाट सहित पदाधिकारी र सदस्यहरुलाई स्वागत गर्दै बधाई ज्ञापन गरेका हुन ।

कार्यक्रममा पर्यटन विकास र व्यवसायिक सुरक्षाका विषयमा दुई संग बीचको सहकार्यको विषयमा छलफल गरिएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ र रत्ननग उद्योग बाणिज्य संघ बीच लामो समय देखि भगिनी सम्बन्ध रहेको भन्दै दुबै संघका अध्यक्षहरुले जिल्लाको आर्थिक रुपान्तरण, पर्यटन विकास र व्यवसायिक सुरक्षामा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी सौराहाको पर्यटनलाई मकवानपुर जिल्लामा रहेका पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटन विकास गर्न सकिने बताए । संघले गरेका कामहरुको बारेमा जानकारी गराउदै उनले रत्ननगर उद्योग बाणिज्यसंघले व्यवसायीको हितको अलवा आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गरिरहेको बताए ।

मकवानपुर उवासंघका अध्यक्ष रानाभाटले दुई पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरुलाई एक आर्कामा आउन सक्ने बाताबरण बनाउन सहकार्य गर्न तयार रहेको बताए । व्यवसायीको हितमा एउटा संघले गरेको काम अर्को संगको लागि सिकाइ हुने भन्दै राम्रा कामहरु अनुसरण गरेर अगाडि बढ्ने उनको भनाई छ । उनले व्यवसायी पलायन हुनबाट रोक्न इनोभेसन सेन्टर स्थापना गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवालले नेपाल उद्योग बाणिज्य महासंघ व्यवसायीको समस्याप्रति जिम्मेवार हुन नसकेको भन्दै जिल्लाबाट दवाब आवश्यक रहेको बताए ।

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल, रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी लगायतले मन्तव्य राखेका थिए ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामशरण नेपालले धन्यपाद मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।