आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

रत्ननगरमा भोलीदेखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै

Share:
45

रत्ननगर, वैशाख ६ । पूर्वी चितवनको रत्ननगरमा भोली सोमबार देखि कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनको लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ सुरु हुँदैछ ।

थ्रि ब्रदर्श मिडियाले सौराहा सिटी कलेज निर्माणको लागि रत्ननगर वडा नं १५ विन्देश्वरी टोल, माधवपुरमा महायज्ञ आयोजना गरेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना महायज्ञको तयारी अन्तिम चरणमा पुगेको र सोमबार प्रदेश सभा साँसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

महायज्ञ सुरु हुनुपूर्व सोमबार माधवपुरमा भब्य कलशयात्रा निकाल्ने तयारी गरिएको छ ।

थ्रि ब्रदर्श मिडियाका सञ्चालक फणिन्द्र लामिछाने आफुले प्रकाशन गरेको किताब बेचेको पैसाले कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापनाको लागि आर्थिक जुटाउन महायज्ञ आयोजना गरेको बताए ।

गाउँ आएको मोटरबाटो नामक उपन्यासका लेखक लामिछानेले किसाब बेचेर आर्जेको पैसाले महायज्ञ लगाउने आट गरेका हुन् ।

धेरै दुःख गरेर प्रकाशन गरेको उपन्यास बेचेर आफ्नै ठाउँमा कलेज स्थापना गर्ने योजना बनाएको छु उनले भने महायज्ञबाट संकलित रकमबाट सम्भव नभए पनि आधारसिला निर्माण हुन्छ ।

तीन करोडको लगानीमा कलेज स्थापना गर्ने योजना रहेको भन्दै उनले कलेज स्थापनाको लागि तीनै तहको सरकार र विदेशमा रहेका नेपालीहरुबाट सहयोगको आह्वान गर्ने बताए ।

ग्रामिण क्षेत्रमा कृषि, विज्ञान तथा प्राविधिक कलेज नहुँदा ठुलो रकम खर्चेर गाउँका युवाहरु कलेज पठ्न शहर जानुपर्ने बाध्यकारी अबस्थाको अन्त्यको लागि गाउँमै कलेज स्थापना गर्न खोजेको उनको भनाई छ ।

महायज्ञमा चर्चित कथाबाचक पण्डित चैतन्य कृष्णले कथाबाचन गर्ने छन् ।

एक्लै महायज्ञ गर्ने आट गरेको छु कलेज निर्माण अभियान्ता समेत रहेका लामिछानेले भने राम्रो कामको लागि पुण्य कार्य सुरु गरेको छु सबैको साथ सहयोग पाउने आशा छ ।

फलफुल र तरकारीलाई प्राथमिकता दिएर विएसीएजी सम्मको पढाई हुने कलेज स्थापना गर्ने उनले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।