शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

Share:
105

काठमाडौं, चैत्र १४ । गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन’ भन्दै दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका हुन्।

उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन्।

‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,’उनले लेखेका छन्।

गृहमन्त्री गुरूङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेर दुवैलाई समातेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको हो ।

यसअघि जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।